BIZMANDU
www.bizmandu.com

भोटेकोशी बाढीले तहसनहस बेत्रावतीमा चल्न थाल्यो गाडी, फलाकु खोलामा बेलीब्रिज जडान

२०८३ असोज २५

भोटेकोशी बाढीले तहसनहस बेत्रावतीमा चल्न थाल्यो गाडी, फलाकु खोलामा बेलीब्रिज जडान
भोटेकोशी बाढीले तहसनहस बेत्रावतीमा चल्न थाल्यो गाडी, फलाकु खोलामा बेलीब्रिज जडान

काठमाडौं। भदौ १० गतेको बाढीले सडक सञ्जाल सबै क्षतविक्षत भएको बेत्रावतीमा बेलीब्रिज जडान गरिएको छ। नुवाकोट र रसुवाको सीमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा सडक विभाग र नेपाली सेनाले बेलीब्रिज जडान गरेका हुन्।

GBIME
Tata

फलाकु खोलामा ७३.२ मिटर लम्बाइ र ५.५ मिटर चौडाइको बेलीब्रिज जडान गरिएको हो। पुलको भार बहन क्षमता ४० टन छ। बेलीब्रिज जडान गरेसँगै आइतबारबाट यातायात सञ्चालनमा आएको छ।

नुवाकोटको बिदुरदेखि बेत्रावतीसम्मको सडक खोल्ने काम सम्पन्न भएसँगै असोज २० गते बेलीब्रिज जडानको काम सुरु गरिएको थियो। बेलीब्रिज जडानसँगै अब त्यस क्षेत्रमा आवातजावतका साथै खाद्यान्न लगायत सामग्री ढुवानीमा सहज हुने भएको छ।