BIZMANDU
www.bizmandu.com

बूढीगण्डकी नदीको बाढीका कारण फसेका ३६ जनाको उद्धार, वर्षाविनै कसरी एकाएक उर्लियो?

२०८३ असोज २५

बूढीगण्डकी नदीको बाढीका कारण फसेका ३६ जनाको उद्धार, वर्षाविनै कसरी एकाएक उर्लियो?
बूढीगण्डकी नदीको बाढीका कारण फसेका ३६ जनाको उद्धार, वर्षाविनै कसरी एकाएक उर्लियो?

काठमाडौं। बूढीगण्डकी नदीको बाढीका कारण फसेका ३६ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले जगत् गाउँबाट ६, न्याक्फेदीबाट ९, यारुबाट १ शिशु र १ विदेशी नागरिकसहित ९ जना तथा पायुबाट १२ जनाको उद्धार गरेको हो।

GBIME
Tata

बूढीगण्डकीमा पहिरोले नदी थुनिएका कारण आकस्मिक बाढी आएको अनुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले एक विज्ञप्ति जारी गरी बाढीको उद्‍गमस्थल तथा आसपासका क्षेत्रमा भीषण बाढी आउने गरी वर्षा नभएको जनाएको छ।

जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता राजन भट्टराईले पनि पछिल्लो २४ घण्टामा ती क्षेत्रमा छिटपुट मात्र वर्षा भएको बताए।

‘प्रारम्भिक सूचना तथा भू-उपग्रह तस्बिरका आधारमा माथिल्लो नदी क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको हुन सक्ने अनुमान गरिएको छ,’ उनले भने।