BIZMANDU
www.bizmandu.com

धिमे र भुस्या बजाउँदै हनुमानढोकाको दसैंघरमा गरियो घटस्थापना

२०८३ असोज २५

धिमे र भुस्या बजाउँदै हनुमानढोकाको दसैंघरमा गरियो घटस्थापना
धिमे र भुस्या बजाउँदै हनुमानढोकाको दसैंघरमा गरियो घटस्थापना

काठमाडौं । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापनासहित जमरा राखिँदैछ।

GBIME
Tata

शैलपुत्रीको आह्वान गरेर विधिपूर्वक पूजाआराधना गरेर आज घरको पूजाकोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना गरिन्छ।

शैलपुत्री नवदुर्गाका नौ स्वरूपमध्ये प्रथम हुन्। गिरिराज हिमालयकी पुत्री पार्वती नै शैलपुत्री भएको उल्लेख देवीकवच, मार्कण्डेय पुराणलगायत ग्रन्थमा गरिएको छ।

घटस्थापनाकै अवसरमा आज हनुमानढोका दरबारभित्र दसैं घरमा पनि पूजा गरेर जमरा राखिएको छ। घटस्थापना गर्दा नेपाली सेनाको टोलीले धिमे र भुस्या बाजा बजाएका थिए।