BIZMANDU
www.bizmandu.com

सुनको मूल्य आज तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदीको भाउमा ३५ रुपैयाँ वृद्धि

२०८३ असोज २५

सुनको मूल्य आज तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदीको भाउमा ३५ रुपैयाँ वृद्धि
सुनको मूल्य आज तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदीको भाउमा ३५ रुपैयाँ वृद्धि

काठमाडौं ।आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले वृद्धि भएको छ। चाँदीको मूल्य भने ३५ रुपैयाँले बढेको छ।

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महसांघका अनुसार सुनको कारोबार मूल्य आज प्रति तोला २ लाख ९६ हजार ५०० रुपैयाँ निर्धारण भएको छ। शुक्रबार सुन प्रति तोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य आइतबार प्रति तोला ४ हजार ४४० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रति तोला ४ हजार ४०५ रुपैयाँ थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४१९४.४ डलर र चाँदी प्रति औंस ६०.८२ डलर छ।