BIZMANDU
www.bizmandu.com

बूढीगण्डकीको बाढीले बगायो ६ वटा पुल, १० जना सम्पर्कविहीन, ३५ घर पनि बगे

२०८३ असोज २५

बूढीगण्डकीको बाढीले बगायो ६ वटा पुल, १० जना सम्पर्कविहीन, ३५ घर पनि बगे
बूढीगण्डकीको बाढीले बगायो ६ वटा पुल, १० जना सम्पर्कविहीन, ३५ घर पनि बगे

काठमाडौं । बूढीगण्डकीमा आएको बाढीले ६ वटा पुल बगाएको छ। हालसम्म करिब १० जना सम्पर्कविहीनभएका छन्।

GBIME
Tata

बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।

उनका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन्। बाढीले धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ।

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन्।

बाढीले चुमनुब्री गाउँपालिका– ३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ। बाढीबाट जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति भएको छ।