BIZMANDU
www.bizmandu.com

अमेरिकी डलरसँगै चिनियाँ युआन घट्यो, युरो र पाउण्ड बढ्यो, यस्तो छ आजको विनिमय दर

२०८३ असोज २५

अमेरिकी डलरसँगै चिनियाँ युआन घट्यो, युरो र पाउण्ड बढ्यो, यस्तो छ आजको विनिमय दर
अमेरिकी डलरसँगै चिनियाँ युआन घट्यो, युरो र पाउण्ड बढ्यो, यस्तो छ आजको विनिमय दर


काठमाडौं। अमेरिकी डलर अघिल्लो दिनका तुलनामा थोरै घट्दा युरो र पाउण्ड स्टर्लिङ बढेका छन्। सुनको कारोबार मूल्य बलियो भएको छ।

GBIME
Tata

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ६२.८८ डलरले बढ्दै प्रति औंस ४१९४.४ डलर पुगेको छ। चाँदी पनि १.६६ डलरले बलियो हुँदै प्रति औंस ६०.८२ डलर भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबारका तुलनामा अमेरिकी डलर ८ पैसाले घटेर शनिबार/आइतबारका लागि विनिमय दर कायम भएको छ। १ अमेरिकी डलरको खरिद दर १५४ रुपैयाँ ४८ पैसा र बिक्री दर १५५ रुपैयाँ ८ पैसा भएको छ। शुक्रबार खरिद दर १५४ रुपैयाँ ५६ पैसा र बिक्री दर १५५ रुपैयाँ १६ पैसा भएको थियो।

युरोपियन युरोको खरिद दर १७३ रुपैयाँ ३२ पैसा र बिक्री दर १७३ रुपैयाँ ९९ पैसा भएको छ। शुक्रबार खरिद दर १७२ रुपैयाँ ८३ पैसा र बिक्री दर १७३ रुपैयाँ ५० पैसा थियो। यस्तै पाउण्ड स्टर्लिङ पनि बढेर खरिद दर २०४ रुपैयाँ ५५ पैसा र बिक्री दर २०५ रुपैयाँ ३५ पैसा भएको छ। शुक्रबार खरिद दर २०३ रुपैयाँ ८७ पैसा र बिक्री दर २०४ रुपैयाँ ६६ पैसा थियो।

स्वीस फ्रयांक बढेर खरिद दर १८५ रुपैयाँ ९२ पैसा र बिक्री दर १८६ रुपैयाँ ६४ पैसा भएको छ। शुक्रबार खरिद दर १८५ रुपैयाँ २८ पैसा र बिक्री दर १८६ रुपैयाँ थियो। अष्ट्रेलियन डलरको खरिद दर १०७ रुपैयाँ ८३ पैसा र बिक्री दर १०८ रुपैयाँ २५ पैसा भएको छ। शुक्रबार खरिद दर १०७ रुपैयाँ ४४ पैसा र बिक्री दर १०७ रुपैयाँ ८६ पैसा थियो।

क्यानेडियन डलर, सिंगापुर डलर, थाइ भाट, कतारी रियाल, साउथ कोरियन वोन, मलेसियन रिंगिट, स्वीडिश क्रोनर, डेनिश क्रोनर, बढेका छन्। जापानी येन, चिनियाँ युआन, साउदी रियाल, यूएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहरेन दिनार, ओमानी रियाल शुक्रबारका तुलनामा केही घटेका छन्।

आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर११५४.४८१५५.०८
युरोपियन युरो११७३.३२१७३.९९
पाउण्ड स्टर्लिङ१२०४.५५२०५.३५
स्वीस फ्रयांक११८५.९२१८६.६४
अष्ट्रेलियन डलर११०७.८३१०८.२५
क्यानेडियन डलर११०८.५७१०८.९९
सिंगापुर डलर११२०.६८१२१.१५
जापानी येन१०९.७६९.८०
चिनियाँ युआन१२३.०८२३.१७
साउदी रियाल१४१.१५४१.३१
कतारी रियाल१४२.४२४२.५८
थाइ भाट१४.६१४.६२
यूएई दिराम१४२.०६४२.२३
मलेसियन रिंगिट१३७.८२३७.९६
साउथ कोरियन वोन१००११.५२११.५६
स्वीडिश क्रोनर११५.५११५.५७
डेनिश क्रोनर१२३.१९२३.२८
हङकङ डलर११९.६९१९.७६
कुवेती दिनार१५०१.३१५०३.२६
बहरेन दिनार१४०९.११४१०.७०
ओमानी रियाल१४०१.२४४०२.८०
स्रोत : नेपाल राष्ट्र बैंक