काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा शनिबारदेखि उपसभापति र महामन्त्रीको मतगणना सुरु भएको छ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार खुला उपभापति र महामन्त्रीका उम्मेदवारको मतगणना शनिबार बेलुकी साढे ७ बजेदेखि सुरु भएको हो।
यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँग छलफल गरेको थियो। त्यसलगत्तै मतगणनाका लागि उम्मेदवारहरूकै रोहवरमा मतपेटिका खोलिएको थियो।
निर्वाचन समिति सदस्य सचिव राजु कटुवालका अनुसार उपभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो। सीसी क्यामेरा जडान तथा मतगणनामा बस्ने प्रतिनिधिहरूको नाम संकलन गरी मतगणना थालिएको हो।
यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो। सभापतिमा गगनकुमार थापा निर्वाचित भए। थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भइसकेका छन्।