काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि शुक्रबार मतदान सम्पन्न भएको छ। सात हजार ३१७ भन्दा बढी मतदातामध्ये सात हजार ३९ मत खसेको निर्वाचन समितिले जनाएको छ।
प्रदेशगत रूपमा फरक फरक स्थानमा मतदान स्थल तोकिएको थियो। खुलामञ्च, राष्ट्रिय सभागृह तथा प्रज्ञा प्रतिष्ठानमा नेतृत्व चयनका लागि मतदान भएको थियो।
बिहीबार नै मतदानको तयारी गरिए पनि शुक्रबार बिहान ७ बजेबाट मतदान सुरु भएको थियो।
महाधिवेशनमा २९७ पदका लागि ८०० सयभन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।