काठमाडौं। पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। गजुरी नजिक गलौंदीमा सडक भासिएका कारण राजमार्ग अवरुद्ध भएको सडक विभागले जनाएको छ।
विभागका अनुसार गलौदीमा ब्याक कटिङ गरेर सडक खुलाउनुपर्ने देखिएको छ। गल्छी नजिक मछेडीमा ग्यास बुलेट पल्टिएको छ। ग्यास बुलेट पल्टेको र ग्यास लिक भएकाले गलौदीमा पुग्न गाह्रो भइरहेको विभागले बताएको छ।
भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले कटान गरेका कारण कृष्णभीरमा पहिरो गएपछि असोज १ गतेबाट सञ्चालनमा आएको राजमार्ग असोज ८-११ को वर्षाले ठाउँठाउँमा पहिरोका कारण अवरुद्ध भएको थियो।