BIZMANDU
www.bizmandu.com

उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुने, नयाँ कन्डक्टर जडान गर्न प्रसारण लाइन बन्द

२०८३ असोज २३

उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुने, नयाँ कन्डक्टर जडान गर्न प्रसारण लाइन बन्द
उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुने, नयाँ कन्डक्टर जडान गर्न प्रसारण लाइन बन्द


काठमाडौं। उपत्यकामा शनिबार र आइतबार दुई दिन विद्युत आपूर्ति प्रभावित हुने भएको छ।

GBIME
Tata

पुरानो तार तथा कन्डक्टर हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागेका कारण असोज २४ र २५ गते काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुने भएको हो।

उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन भन्दै नेपाल विद्युत प्राधिकरणले मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि गरिरहेको छ।

प्राधिकरणका अनुसार कम क्षमताको पुरानो कन्डक्टरको सट्टा उच्च क्षमताको एचटीएलएस कन्डक्टर जडान गर्न लागिएको हो। डबल सर्किट लाइनको एउटा सर्किटको करिब ४०० मिटर कन्डक्टर बदल्न बाँकी छ ।

प्राधिकरणले मातातीर्थ-स्युचाटार १३२ केभी डबल सर्किट प्रसारण लाइनमा रहेको पुरानो कन्डक्टर परिवर्तन गरी उच्च क्षमताको नयाँ कन्डक्टर जडानका लागि दुई दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गर्नुपर्ने बताएको छ।

प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ। निर्धारित समयभित्रै काम सम्पन्न गर्ने गरी आवश्यक प्राविधिक तयारी गरिएको प्राधिकरणले जनाएको छ।