काठमाडौं । सेयर बजार आज बढेको छ। नेप्से परिसूचक शुक्रबार १७.१५ अंक बढेर २५९१.८० विन्दुमा पुगेको हो।
कारोबारमा आएका सबै उपसमूहले आज बजार बढाएका हुन। बैंकिङको सूचक सबैभन्दा धेरै १.२८ प्रतिशतले बढेको छ।
बजारमा १८० कम्पनीका लगानीकर्ताले कमाएका छन्। कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.९१ प्रतिशतले बढेको छ।
८९ कम्पनीको सेयर मूल्य घटेको छ। रिजलाइनको सेयर मूल्य सबैभन्दा धेरै ७.८५ प्रतिशतले घटेको छ। शुक्रबार सूचकसँगै कारोबार रकम बढेको छ।
बिहीबार ३ अर्ब ९३ करोड रुपैयाँको सेयर किनबेच भएमा बिहीबार ४ अर्ब ८३ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
कुमारी बैंकको सबैभन्दा धेरै २१ करोड ११ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, घलेम्दी हाइड्रोपावरको २० करोड २७ लाख र हिमालयन डिष्टिलरीको १८ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।