BIZMANDU
www.bizmandu.com

रौतहटमा लालबकैया नदीको पुल १२ वर्षमा तयार हुँदै, रुग्ण बनेको आयोजनामा कसरी भयो काम?

२०८३ असोज २३

रौतहटमा लालबकैया नदीको पुल १२ वर्षमा तयार हुँदै, रुग्ण बनेको आयोजनामा कसरी भयो काम?
रौतहटमा लालबकैया नदीको पुल १२ वर्षमा तयार हुँदै, रुग्ण बनेको आयोजनामा कसरी भयो काम?


काठमाडौं। रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल सञ्चालनमा आउने चरणमा पुगेको छ। लालबकैयामा ठेक्का लगाइएको १२ वर्षपछि पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो।

GBIME
Tata

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पुलका सबै ६ वटा स्पान निर्माण हुनुका साथै फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको कामसमेत सकिएको जानकारी दिएका छन्। पहुँच सडक र रिभर ट्रेनिङको काम जारी छ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ सालमा ठेक्का सम्झौता भएको थियो। निर्माणमा ढिलाइ भएपछि सम्बन्धित निर्माण कम्पनीलाई कालोसूचीमा राखेर बाँकी कामका लागि २०७९ सालमा पुनः ठेक्का आह्वान गरियो। तर, नयाँ ठेक्का सम्झौता भएको एक वर्षसम्म पनि निर्माण कार्य अघि बढेन।

मन्त्री लम्सालले पुरानो ठेक्काअन्तर्गत निर्माण गरिएको सबस्ट्रक्चरको जिम्मेवारी स्पष्ट नहुनु र पर्याप्त बजेट विनियोजन नहुनु निर्माणमा ढिलाइको प्रमुख कारण रहेको बताएका छन्।

उनले समस्या पहिचानपछि डिभिजन कार्यालयमार्फत पुरानो निर्माण कार्यको जिम्मेवारी स्पष्ट पारी आवश्यक बजेट व्यवस्थापन गरेर निर्माणलाई तीव्रता दिएको बताए।