BIZMANDU
www.bizmandu.com

सशस्त्रका एआइजी वंशीराजले बिचौलियासँग सम्पर्क गरेको स्वीकारे, सरकारले बर्खास्त गर्ने

२०८३ असोज २३

सशस्त्रका एआइजी वंशीराजले बिचौलियासँग सम्पर्क गरेको स्वीकारे, सरकारले बर्खास्त गर्ने
सशस्त्रका एआइजी वंशीराजले बिचौलियासँग सम्पर्क गरेको स्वीकारे, सरकारले बर्खास्त गर्ने


काठमाडौं। सशस्त्र प्रहरीका एआइजी अञ्जनी कुमार पोखरेलले निलम्बित एआइजी वंशीराज दाहालमाथिको जाँचबुझ प्रतिवेदन बुझाएका छन्। पोखरेलले बिहीबार गृह मन्त्रालयमा प्रतिवेदन बुझाएका हुन्।

GBIME
Tata

प्रतिवेदन अनुसार एआइजी वंशीराजलाई सरकारले बर्खास्त गर्ने स्रोतले बतायो।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा असोज १० गते पक्राउ परेपछि उनलाई भेट्न प्रहरी कार्यालय जानुका साथै चोलेन्द्रको नेक्ससमा रहेका बिचौलिया इनम सापकोटासँग सम्पर्क गरेको देखिएपछि गृह मन्त्रालयले वंशीराजलाई निलम्बन गरेको थियो।

वंशीराजले पोखरेलको समितिमा पारिवारिक नाता भएकाले चोलेन्द्रलाई भेट्न गएको बयान दिएका छन्। ‘आफन्त भएर गएको भन्नु भएको छ,’ स्रोतले भन्यो।

इनम पक्राउ परेपछि उनको मोबाइल हेर्दा उनी र वंशीराजबीच नियमित सम्पर्क भएको देखिएको छ। वंशीराजले इनमलाई पहिले नै चिनेको बताएका छन्। उनले म्यासेजमा कुराकानी हुने गरेको स्वीकार गरेका छन्। तर, कुराकानीको प्रकृति र सूचना लिक भएको विषयमा भने जाँचबुझ समिति रहेर काम गरेका प्रहरीले खुलाउन चाहेनन्।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निवासबाट नियन्त्रणमा लिएर दुई वटा मोबाइलमा भएको डेटा केलाउँदा मुद्दामामिला मिलाउन इनमसँग कुराकानी भएको भेटिएको थियो।

इनमलाई समेत पक्राउ गरेर मोबाइल हेर्दा वंशीराजले अत्यन्तै संवेदनशील सूचना दिएको भेटिएको थियो। स्रोतका अनुसार वंशीराजले प्रधानमन्त्री बालेन्द्र शाहको समेत सूचना इनमलाई दिएको भेटिएको थियो।

वंशीराजले असोज २७ गते अवकाश पाउन लागेकामा सशस्त्र प्रहरी बल मुख्यालयले एक वर्ष कार्यकाल थपका लागि सिफारिस गरेको थियो।