BIZMANDU
www.bizmandu.com

सुनचाँदीको भाउ बढ्यो, सुनको मूल्य तोलामा २९०० रुपैयाँ वृद्धि, चाँदीको कति?

२०८३ असोज २३

सुनचाँदीको भाउ बढ्यो, सुनको मूल्य तोलामा २९०० रुपैयाँ वृद्धि, चाँदीको कति?
सुनचाँदीको भाउ बढ्यो, सुनको मूल्य तोलामा २९०० रुपैयाँ वृद्धि, चाँदीको कति?

काठमाडौं। सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ बढेको छ।

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रति तोला २ लाख ९५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। सुन बिहीबार प्रति तोला २ लाख ९२ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।

चाँदीको मूल्य पनि प्रति तोला १५ रुपैयाँ बढेको छ। चाँदीको भाउ शुक्रबार प्रति तोला ४ हजार ४०५ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४२०६.२३ डलर र चाँदीको मूल्य प्रति औंस ६०.६ डलर छ।