BIZMANDU
www.bizmandu.com

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २ महिनाका लागि ७० अर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव

२०८३ असोज २३

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २ महिनाका लागि ७० अर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २ महिनाका लागि ७० अर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव

काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ७० अर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले यो रकम बोलकबोलमार्फत २ महिनाका लागि उठाउन लागेको हो।

GBIME
Tata

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ। शुक्रबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।

राष्ट्र बैंकले साँवा तथा ब्याज मंसिर २३ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको करिब ७ खर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।