BIZMANDU
www.bizmandu.com

यती एयरलाइन्सले बन्द गर्‍यो दशैंको अपर क्लास भाडा, फर्कने उडान न्यून मूल्यमा

२०८३ असोज २२

यती एयरलाइन्सले बन्द गर्‍यो दशैंको अपर क्लास भाडा, फर्कने उडान न्यून मूल्यमा
यती एयरलाइन्सले बन्द गर्‍यो दशैंको अपर क्लास भाडा, फर्कने उडान न्यून मूल्यमा

काठमाडौं। यती एयरलाइन्सले दशैंको उडानका लागि तोकेको माथिल्लो वर्गको भाडा बन्द गरेको जनाएको छ।

GBIME
Tata

आन्तरिक उडानको भाडादर उच्च भएको भन्दै आलोचना भइरहेका बेला यतीले अपर क्लास भाडा बन्द गरेको जनाएको छ। हवाई भाडासम्बन्धी सूचना जारी गर्दै कम्पनीले फर्कने उडानमा भाडा न्यून मूल्यमा उपलब्ध गराइरहेको जनाएको छ।

यतीको सूचनामा भनिएको छ,  ‘नेपालीहरूको महान् चाड बडादशैंलाई मध्यनजर राख्दै, फर्कने उडान खाली हुने तथा इन्धन खर्च अत्यधिक हुने भए तापनि जाने यात्रुको चापलाई ध्यानमा राखी यती एयरलाइन्सले जाने उडानको भाडामा माथिल्लो वर्गको भाडा बन्द गरेको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।’