BIZMANDU
www.bizmandu.com

२१ किलो सुनसहित बुढानीलकण्ठबाट दुई चिनियाँ नागरिक पक्राउ, सुन ढिक्का बनाउने मेसिन बरामद

२०८३ असोज २२

२१ किलो सुनसहित बुढानीलकण्ठबाट दुई चिनियाँ नागरिक पक्राउ, सुन ढिक्का बनाउने मेसिन बरामद
२१ किलो सुनसहित बुढानीलकण्ठबाट दुई चिनियाँ नागरिक पक्राउ, सुन ढिक्का बनाउने मेसिन बरामद


काठमाडौं। प्रहरीले अवैध रूपमा ल्याएको २१ किलो सुनसहित बुढानीलकण्ठ क्षेत्रबाट दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

GBIME
Tata

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार दिउँसो झोल र ढिक्का अवस्थामा रहेको करिब २१ किलो सुन बरामद गरेको हो।

उनीहरूले केही समयदेखि फ्ल्याट भाडा लिएर अवैध सुनको कारोबार गर्ने गरेको प्रहरी स्रोतले बतायो।

केही समय अगाडि भेपमा पनि झोल बनाएर सुन ल्याएका थिए। यसरी ल्याएको झोलाई ढिक्का बनाएर तस्करी गर्ने गरेको देखिएको छ। प्रहरीले ढिक्का बनाउने मेसिन पनि बरामद गरेको छ।

उनीहरूले केही समयदेखि सुन जम्मा गरेर राखेको देखिएको प्रहरी स्रोत बताउँछ। चिनियाँ नागरिकलाई सहयोग गर्ने नेपालीको खोजी भइरहेको छ।

सुन भारत लैजान लागिएको सूचना प्रहरीले पाएको थियो। केही दिनदेखिको सूक्ष्म निगरानीपछि बिहीबार सुन बरामद गरिएको हो।

पक्राउ परेका चिनियाँ नागरिकसँग दोभाषेको सहयोगमा सोधपुछ गर्न लागिएको छ।

सुन कहाँबाट ल्याए भन्ने खुलेको छैन। चीनबाट अवैध कारोबार धेरै हुने भोटेकोशी बाढीपछि रसुवा नाका बन्द छ। त्यसो त नेपालमा हवाई मार्गबाट पनि ठूलो मात्रामा अवैध सुन भित्रिने गरेको छ।

प्रहरीले यस घटनामा संलग्न अन्यको खोजी गरिरहेको छ। यसअघि सबैभन्दा धेरै ब्रेक शुु’मा राखेर ६१ किलो अवैध सुन नेपाल भित्रिएको थियो। त्यसो त प्रहरीले ८८ किलो अवैध सुन समेत ठमेलबाट बरामद गरेको थियो। जसमा चिनियाँ नागरिकको संलग्नता देखिएको थियो।