काठमाडौं। मोबाइल फोन इम्पोर्ट्स एसोसिएसनको अध्यक्षमा व्यवसायी दीपक मल्होत्राको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
संघको बिहीबार काठमाडौंमा भएको १०औं वार्षिक साधारण सभाले मल्होत्राको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
सञ्जय अग्रवाल उपाध्यक्ष, प्रभाकर शमसेर थापा सचिव र रचितकुमार भिमसरिया कोषाध्यक्षमा निर्वाचित भएका छन्।
यस्तै कार्यसमिति सदस्यमा सुनिल अग्रवाल, पुलकित भिमसरिया, नितेश कुमार मुन्ध्रा, प्रज्ञात तिमिल्सिना र अनामित्र शर्मा निर्वाचित भएको एसोसिएसनले जनाएको छ।