BIZMANDU
www.bizmandu.com

रासायनिक मल आपूर्तिमा कृषिमन्त्री चौधरीले मागिन् ओमानको सहयोग, ‘सहकार्य गरौं’

२०८३ असोज २२

रासायनिक मल आपूर्तिमा कृषिमन्त्री चौधरीले मागिन् ओमानको सहयोग, ‘सहकार्य गरौं’
रासायनिक मल आपूर्तिमा कृषिमन्त्री चौधरीले मागिन् ओमानको सहयोग, ‘सहकार्य गरौं’


काठमाडौं। कृषिमन्त्री गीता चौधरीले रासायनिक मल आपूर्तिमा सहयोग गर्न ओमानसँग आग्रह गरेकी छन्।

GBIME
Tata

उनले बिहीबार सिंहदरबार पुगेको ओमानको प्रतिनिधिमण्डलका प्रमुख महामहिम शेख खालिफासँग मल आपूर्तिमा सहयोग गर्न आग्रह गरेकी हुन्।

मन्त्री चौधरीले नेपालमा रासायनिक मलको आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै ओमानसँग सहकार्य गर्न इच्छुक रहेको बताएको उनको सचिवालयले जनाएको छ।

जवाफमा ओमानका प्रतिनिधिमण्डलका प्रमुख खालिफाले आफ्नो देशमा उत्पादित ग्रिन युरिया भारतमा निर्यात भइरहेको भन्दै नेपाललाई पनि उपलब्ध गराउन सकिने बताएका थिए।

रासायनिक मलको सहज आपूर्ति कृषिमन्त्रीका लागि टाउको दुखाइको विषय बन्दै आएको छ। मन्त्री चौधरी र ओमानको प्रतिनिधिमण्डलबीच नेपालबाट चिया, अलैँची, ताजा तरकारी, आँप, स्याउलगायत कृषि उपज र पशुजन्य उत्पादन निर्यात गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो।