BIZMANDU
www.bizmandu.com

नबिल बैंकको साधारण सभाबाट १५.८०% लाभांश प्रस्ताव पारित, सञ्चालक समितिमा को-को चुनिए?

२०८३ असोज २२

नबिल बैंकको साधारण सभाबाट १५.८०% लाभांश प्रस्ताव पारित, सञ्चालक समितिमा को-को चुनिए?
नबिल बैंकको साधारण सभाबाट १५.८०% लाभांश प्रस्ताव पारित, सञ्चालक समितिमा को-को चुनिए?

काठमाडौं। नबिल बैंकको ४२औं वार्षिक साधारण सभाले ५ प्रतिशत बोनस सेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ।

GBIME
Tata

आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण सेयरधनीलाई १५.८० प्रतिशत लाभांश दिने प्रस्ताव बैंकको बिहीबार काठमाडौंमा भएको साधारण सभाले पारित गरेको हो। अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीले भने ८ प्रतिशत लाभांश पाउनेछन्।

५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँ नाघेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ ७ अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।

साधारण सभाले संस्थापक सेयरधनीका तर्फबाट निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई निर्विरोध निर्वाचित गरेको बैंकले जारी गरेको प्रेस नोटमा उल्लेख छ। उनीहरु तिनै जना यसअघि पनि सञ्चालक समितिमा थिए।