BIZMANDU
www.bizmandu.com

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका पूर्वकम्पनी सचिव दोषी ठहर, कीर्ते कागजातले ६ महिना कैद

२०८३ असोज २२

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका पूर्वकम्पनी सचिव दोषी ठहर, कीर्ते कागजातले ६ महिना कैद
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका पूर्वकम्पनी सचिव दोषी ठहर, कीर्ते कागजातले ६ महिना कैद


काठमाडौं। राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमा करारमा जागिर खान अनुभवको कीर्ते प्रमाणपत्र पेस गरेका तत्कालीन कम्पनी सचिव दोषी ठहर भएका छन्।

GBIME
Tata

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत १७ गते दायर गरेको मुद्दामा विशेष अदालतले राजेशलाई दोषी ठहर गरेको हो।

अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरु हेमन्त रावल र विदुर कोइरालाको इजलासले राजेशले राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमा कम्पनी सचिवको नियुक्ति लिन पेस गरेको कार्यअनुभवको कागजात झुटो भएको ठहर गर्दै बिहीबार उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।

राजेशले २०७३ फागुन १० गते कम्पनी सचिवको नियुक्ति लिएका थिए। सातौं तहको कम्पनी सचिवको नियुक्ति लिने क्रममा उनले गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडमा वरिष्ठ अधिकृतका रुपमा सामान्य प्रशासन एवं आर्थिक प्रशासन शाखामा २०७० असोज ७ देखि २०७३ मंसिर ३० गतेसम्म काम गरेको अनुभवको प्रमाणपत्र पेस गरेका थिए।

तर त्यो प्रमाणपत्र झुट्टा तथा जाली भएको देखिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो।

राजेशले नियुक्ति लिएयता २०८२ पुस २० गतेसम्म राष्ट्रिय प्रसारण ग्रिड कम्पनीबाट १ करोड ७ लाख १ हजार ५८४ रुपैयाँ सुविधा बुझेका थिए। अख्तियारले छानबिन थालेपछि राजेशले राजीनामा दिएका थिए।