BIZMANDU
www.bizmandu.com

कांग्रेस महाधिवेशनमा आज हुन सकेन मतदान, तयारी नपुगेको भन्दै शुक्रबारका लागि सारियो

२०८३ असोज २२

कांग्रेस महाधिवेशनमा आज हुन सकेन मतदान, तयारी नपुगेको भन्दै शुक्रबारका लागि सारियो
कांग्रेस महाधिवेशनमा आज हुन सकेन मतदान, तयारी नपुगेको भन्दै शुक्रबारका लागि सारियो

काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान नहुने भएको छ। केन्द्रीय निर्वाचन समितिले शुक्रबार बिहान ७ बजेबाट मतदान गराउने नयाँ तालिका ल्याएको छ।

GBIME
Tata

मतपत्र छपाइ लगायत अन्य तयारी गर्न नसकेपछि मतदान एक दिन पछि धकेलिएको हो। निर्वाचन समितिले बिहीबार बिहान १० बजेदेखि मतदान गराउने तालिका थियो। तर, त्यसपछि पटक पटक सारिए पनि समितिले बिहीबार मतदान गराउन असफल भएको छ।

निर्वाचनबाट नेतृत्वमा पुग्नका लागि ८०० भन्दा बढी उम्मेदवार मैदानमा छन्।