काठमाडौं। नेकपा (एमाले)को स्थायी कमिटीको बैठकमा ११ वर्षपछि पूर्व राष्ट्रपति तथा एमाले बरिष्ठ नेता विद्या भण्डारी सहभागी भएकी छन्।
केन्द्रीय कमिटीको बैठकबाट भण्डारीलाई बरिष्ठ नेता मनोनित गरिएपछि भण्डारी पहिलो पटक एमालेको बैठकमा सहभागी भएकी हुन्। पहिलो पटक २०७२ कात्तिक ११ गते राष्ट्रपति हुनुअघि भण्डारीमा एमालेमा उपाध्यक्ष थिइन्।

भण्डारीले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सपथ ग्रहण गरेकी छन्। ओलीसँग सम्बन्ध बिग्रिएपछि भण्डारीको पार्टी सदस्यता गत वर्ष खारेज भएको थियो।
ओली-भण्डारीबीच पछिल्लो केही वर्षदेखि तिक्तता थियो। पछिल्लो समय अप्ठेरोमा परेपछि ओलीले भण्डारीलाई वरिष्ठ नेता बनाएर एमालेमा फर्काएका हुन्।