BIZMANDU
www.bizmandu.com

धारिलो हतियार देखाई ट्याक्सी चालकलाई लुटपाट गरेको अभियोगमा चार जना पक्राउ

२०८३ असोज २२

धारिलो हतियार देखाई ट्याक्सी चालकलाई लुटपाट गरेको अभियोगमा चार जना पक्राउ
धारिलो हतियार देखाई ट्याक्सी चालकलाई लुटपाट गरेको अभियोगमा चार जना पक्राउ


काठमाडौं। लुटपाटमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ परेका छन्।

GBIME
Tata

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डु बस्ने दोलखाका १९ वर्षीय सौरभ मगर, २० वर्षीय अस्मित गजमेर, रामेछाप घर भएका १९ वर्षीय नवीन राउत र काठमाडौंको कीर्तिपुर नगरपालिका-६ चारघरे बस्ने ३० वर्षीय निल कुमार बस्नेत पक्राउ परेका हुन्।

सूर्यविनायक नगरपालिका-४ अनन्त लिङ्गेश्वरस्थित खड्का गाउँमा बा २ ज ८६४२ नम्बरको ट्याक्सी चालकलाई मंगलबार धारिलो हतियार देखाई नगद र मोबाइल लुटपाट गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीहरूमाथि डाँका चोरी मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको छ। रासस