काठमाडौं। बीवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले ग्राहक संख्या ११ हजार नाघेपछि नयाँ अभियान सुरु गरेको छ।
साइमेक्स इंकले ‘मी एण्ड माई बीवाइडी’ नामक अभियान सार्वजनिक गर्दै बीवाइडीसँग जोडिएका आफ्ना यात्रा, अनुभव र सम्झनालाई फोटो तथा भिडियोमार्फत प्रस्तुत गर्न ग्राहकलाई आह्वान गरेको छ।
अभियानमा सहभागी हुन बीवाइडीका ग्राहकले आफ्नो गाडी समावेश भएको मौलिक फोटो वा भिडियो तयार गरी फेसबुक, इन्स्टाग्राम वा टिकटकमा सार्वजनिक गर्नुपर्नेछ।
ग्राहकले आफ्नो स्वामित्व अनुभव, पारिवारिक क्षण, लामो यात्राका सम्झना, चार्जिङ अनुभव, मनपर्ने फिचर तथा बीवाइडीसँग जोडिएका विशेष क्षण सार्वजनिक गर्न सक्नेछन्।
पोस्टमा लाइफ विथ बीवाइडी र साइमेक्स बीवाइडी पेजलाई फलो तथा ट्याग, आफूले बीवाइडी किनेको आधिकारिक डिलरको अकाउन्ट उल्लेख र ह्यास मीएण्डमाईबीवाइडी ह्यासट्याग प्रयोग गर्नुपर्नेछ।
तपाइँको बीवाइडी, तपाइँको कथा भन्ने अवधारणामा सुरु गरिएको यो अभियानले ग्राहकलाई आफ्नो गाडीको अनुभव सामाजिक सञ्जालमार्फत साट्न प्रोत्साहित गर्ने कम्पनीको विश्वास छ। कम्पनीका अनुसार बुधबार सुरु भएको अभियान नोभेम्बर ३० सम्म सञ्चालन हुनेछ।
अभियानअन्तर्गत उत्कृष्ट सामग्री तयार गर्ने ३ जना विजेताले रोयल क्यारिबियन क्रुज यात्राको अवसर पाउनेछन्। विजेताले एक जना साथीसहित सांघाईबाट जापानसम्मको क्रुज यात्रा गर्न पाउनेछन्। थप १५ जनाले ५० हजार रुपैयाँ बराबरको बीवाइडी ब्रान्डेड मर्चेन्डाइज प्राप्त गर्नेछन्।