BIZMANDU
www.bizmandu.com

कुथेली बुखरी स्मल हाइड्रोपावरले लगानीकर्तालाई १८ प्रतिशत बोनस सेयर दिने

२०८३ असोज २२

कुथेली बुखरी स्मल हाइड्रोपावरले लगानीकर्तालाई १८ प्रतिशत बोनस सेयर दिने
कुथेली बुखरी स्मल हाइड्रोपावरले लगानीकर्तालाई १८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं। कुथेली बुखरी स्मल हाइड्रोपावरले लगानीकर्तालाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ।

GBIME
Tata

कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले १८ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.९४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। हाइड्रोपावरको चुक्ता पुँजी हाल १४ करोड ७४ लाख ५९ हजार रुपैयाँ छ।

विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी १५औं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।