BIZMANDU
www.bizmandu.com

सुधाकर दलेलालाई भारतले नेपालका लागि नयाँ राजदूतमा गर्‍यो प्रस्ताव

२०८३ असोज २१

सुधाकर दलेलालाई भारतले नेपालका लागि नयाँ राजदूतमा गर्‍यो प्रस्ताव
सुधाकर दलेलालाई भारतले नेपालका लागि नयाँ राजदूतमा गर्‍यो प्रस्ताव

काठमाडौं। भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ। नियुक्तिका लागि भारतले एग्रिमो पठाएको हो।दलेलासँग तीन दशकभन्दा लामो कूटनीतिक सेवाको अनुभव छ।

GBIME
Tata

नेपालको राजदूतमा प्रस्तावित दलेला भुटानका लागि भारतको राजदूत भइसकेका छन्। साथै भारतका तर्फबाट विभिन्न नियोगहरुमा रहेर काम गरेका छन्।

दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए।  ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डिसीस्थित भारतीय नियोगहरूमा सेवा गरिसकेका छनु।

विदेश मन्त्रालयमा रहँदा भुटान र नेपालसँगको डेस्कमा रहेर काम गरिसकेका छन्।