BIZMANDU
www.bizmandu.com

नवीनराज सिंह र चक्रबहादुर बुढा सचिवमा बढुवा, १५३ पीडितलाई क्षतिपूर्ति दिन स्वीकृति

२०८३ असोज २१

नवीनराज सिंह र चक्रबहादुर बुढा सचिवमा बढुवा, १५३ पीडितलाई क्षतिपूर्ति दिन स्वीकृति
नवीनराज सिंह र चक्रबहादुर बुढा सचिवमा बढुवा, १५३ पीडितलाई क्षतिपूर्ति दिन स्वीकृति

काठमाडौं। सरकारले सहसचिव नवीनराज सिंह र चक्रबहादुर बुढालाई सचिवमा बढुवा गरेको छ।

GBIME
Tata

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिंह र बुढालाई बढुवा गरेको हो। सिंह इन्जिनियरिङतर्फ तथा बुढा प्रशासन सेवातर्फका हुन्।

सिंह हाल लगानी बोर्ड र बुढा महिला मन्त्रालयमा कार्यरत छन्।

यस्तै नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई उपमहालेखापरीक्षकमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

बैठकले राष्ट्रिय मानवअधिकार आयोगको सिफारिसमा १५३ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिएको छ।