BIZMANDU
www.bizmandu.com

मसला र स्न्याक्सपछि सेन्चुरीले ल्यायो चाउचाउ, भाटभटेनीमा नयाँ स्वादको अनुभव लिन सक्ने

२०८३ असोज २१

मसला र स्न्याक्सपछि सेन्चुरीले ल्यायो चाउचाउ, भाटभटेनीमा नयाँ स्वादको अनुभव लिन सक्ने
मसला र स्न्याक्सपछि सेन्चुरीले ल्यायो चाउचाउ, भाटभटेनीमा नयाँ स्वादको अनुभव लिन सक्ने


काठमाडौं । सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित गर्दै सेन्चुरी चाउचाउ बजारमा ल्याएको छ। लामो समयदेखि मसला तथा स्न्याक्स उत्पादनमार्फत आफ्नो छुट्टै पहिचान बनाएको सेन्चुरी ब्रान्डले अब तयारी चाउचाउको बजारमा पनि उपस्थितिलाई थप सशक्त बनाउने रणनीति अघि सारेको हो।

GBIME
Tata

कम्पनीका अनुसार नेपाली उपभोक्ताको स्वाद, रुचि र बदलिँदो जीवनशैलीलाई ध्यानमा राखेर नयाँ स्वादको नडल्स विकास गरिएको हो। व्यस्त जीवनशैलीका कारण छिटो र सहज रूपमा तयार हुने खाद्य पदार्थको माग बढिरहेका बेला गुणस्तरीय तथा फरक स्वादको उत्पादन उपलब्ध गराउने उद्देश्यले नयाँ चाउचाउ बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

नयाँ उत्पादनको प्रवर्द्धनका लागि काठमाडौं उपत्यकाका भाटभटेनी सुपरमार्केटका बौद्ध, नक्साल, महाराजगञ्ज र ललितपुर शाखामा विशेष स्टल संचालन गरिएको छ। ती स्टलमा पुगेर उपभोक्ताले नयाँ स्वादको अनुभव लिनुका साथै उत्पादनबारे थप जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

सेन्चुरी ब्रान्डले उत्पादनको गुणस्तर, स्वाद र उपभोक्ताको विश्वासलाई प्राथमिकतामा राख्दै नेपाली बजारमा आफ्नो उपस्थितिलाई निरन्तर विस्तार गर्दै आएको बताएको छ। कम्पनीका अनुसार बजारमा प्रतिस्पर्धा बढ्दै गइरहेका बेला उपभोक्ताको बदलिँदो रुचिअनुसार उत्पादनमा नवीनता ल्याउनु प्रमुख प्राथमिकता रहेको छ ।

सेन्चुरी ग्रुप नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय व्यवसायिक समूह हो। समूहले खाद्य उद्योगअन्तर्गत सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्समार्फत मसला, स्न्याक्स तथा तयारी खाद्य उत्पादनको दायरा विस्तार गर्दै आएको छ।

कम्पनीले आधुनिक उपभोक्ताको आवश्यकता अनुरूप स्वाद, गुणस्तर र सहज उपलब्धतालाई केन्द्रमा राखेर उत्पादन विकास गरिरहेको जनाएको छ। नयाँ चाउचाउमार्फत नेपाली उपभोक्तालाई फरक स्वादको अनुभव प्रदान गर्नुका साथै स्वदेशी खाद्य ब्रान्डको प्रतिस्पर्धात्मक क्षमता थप सुदृढ बनाउने लक्ष्य रहेको कम्पनीको भनाइ छ।

नेपाली खाद्य बजारमा स्वदेशी ब्रान्डबीच प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला सेन्चुरी चाउचाउले पनि गुणस्तरीय उत्पादन र नयाँ स्वादमार्फत आफ्नो ब्रान्ड पहिचानलाई थप मजबुत बनाउँदै बजार विस्तार गर्ने रणनीति अघि बढाएको जनाएको छ। सेन्चुरीका हरेक उत्पादन राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चर्चित छन्।