BIZMANDU
www.bizmandu.com

आर्थिक स्वतन्त्रतामा नेपाल पोहोरभन्दा एक स्थान तल खस्कियो, भारत दुई स्थान माथि

२०८३ असोज २१

आर्थिक स्वतन्त्रतामा नेपाल पोहोरभन्दा एक स्थान तल खस्कियो, भारत दुई स्थान माथि
आर्थिक स्वतन्त्रतामा नेपाल पोहोरभन्दा एक स्थान तल खस्कियो, भारत दुई स्थान माथि


काठमाडौं । आर्थिक स्वतन्त्रतालाई आधार बनाएर तयार गरिएको ‘इकोनोमिक फ्रिडम रिपोर्ट २०२६’ मा नेपालको स्थान खस्किएको छ। सन् २०२५ मा ८९ स्थानमा रहेको नेपाल यो वर्ष ९० औं स्थानमा परेको हो।

GBIME
Tata

क्यानडाको फ्रेसर इनस्टिच्युटसँगको सहकार्यमा प्रस्परिटी फाउन्डेसनले सार्वजनिक गरेको रिपोर्टमा नेपाल १६५ देशमा ९० औं स्थानमा परेको हो। नेपालले १० मा ६.५९ अंक प्राप्त गरेको छ। यो सूचीमा भारत ६.६२ अंकसहित ८८ स्थानमा छ।

कुन क्षेत्रमा नेपाललाई कति अंक ?

Source – Economic Freedom of the World 2026 ANNUAL REPORT

सो रिपोर्टमा सबैभन्दा बढी आर्थिक स्वतन्त्रता भएको देश हङकङ भएको उल्लेख छ। दोस्रोमा सिंगापुर छ भने तेस्रोमा सिंगापुर, चौथोमा न्यूजिल्याण्ड र पाँचौंमा अमेरिका छ।

गत वर्ष न्यूजिल्याण्ड तेस्रोमा थियो भने सिंगापुर दोस्रो र स्वीजरल्याण्ड चौथो थियो। अमेरिका भने पाँचौंमै थियो।