BIZMANDU
www.bizmandu.com

सेयर बजार ६.३८ अंकले घटेर २५७२.३४ अंकमा, ३ अर्ब ७४ करोडको किनबेच

२०८३ असोज २१

सेयर बजार ६.३८ अंकले घटेर २५७२.३४ अंकमा, ३ अर्ब ७४ करोडको किनबेच
सेयर बजार ६.३८ अंकले घटेर २५७२.३४ अंकमा, ३ अर्ब ७४ करोडको किनबेच


काठमाडौं। सेयर बजार घटेको छ। नेप्से परिसूचक बुधबार ६.३८ अंक ओरालो लागेर २५७२.३४ विन्दुमा आएको छ। कारोबारमा आएका बैंकिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्।

GBIME
Tata

ट्रेडिङको सूचक सबैभन्दा धेरै १.३८ प्रतिशतले घटेको छ। बजारमा १६७ कम्पनीको सेयर मूल्य ‌ओरालो लागेको छ। १२ कम्पनीको स्थिर रहँदा सेयरमूल्य बढेका १०० कम्पनीका लगानीकर्ताले भने कमाएका छन्।

घलेम्दी हाइड्रोपावरको सेयर मूल्य ६.२५ प्रतिशतले बढेको छ। सूचक घटे पनि बुधबार कारोबार रकम बढेको छ।

मंगलबार ३ अर्ब १३ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएकामा बुधबार ३ अर्ब ७४ करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ।

घलेम्दी हाइड्रोपावरको सबैभन्दा धेरै ३२ करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २९ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।