BIZMANDU
www.bizmandu.com

कञ्चनपुरबाट १६ लाख बराबरको अवैध पटाका बरामद, प्रहरीले सीमामा बढाउँदैछ निगरानी

२०८३ असोज २१

कञ्चनपुरबाट १६ लाख बराबरको अवैध पटाका बरामद, प्रहरीले सीमामा बढाउँदैछ निगरानी
कञ्चनपुरबाट १६ लाख बराबरको अवैध पटाका बरामद, प्रहरीले सीमामा बढाउँदैछ निगरानी

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाख रुपैयाँबराबरको अवैध पटाका बरामद गरेको छ।

GBIME
Tata

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार बेदकोट नगरपालिका–७ स्थित गाउजीबाट १६ लाख ८७ हजार मूल्यबराबरको पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।

उनका अनुसार विशेष सूचनाका आधारमा लुकाइछिपाइ राखेको पटाका बरामद गरेर थप अनुसन्धान भइरहेको छ।

चाडपर्व नजिकिँदै गर्दा प्रहरी सीमानाकामा निगरानी बढाएको छ। प्रहरीले भारतसँग जोडिएको गड्डाचौकी नाका, महेन्द्रनगर बसपार्कलगायतका स्थानमा नागरिक सहायता कक्षसमेत स्थापना गरेको छ।