BIZMANDU
www.bizmandu.com

कांग्रेस सभापतिमा गगनले दिए उम्मेदवारी, विश्वप्रकाश र पुष्पासँग कसैले प्रतिस्पर्धा नगर्ने

२०८३ असोज २०

कांग्रेस सभापतिमा गगनले दिए उम्मेदवारी, विश्वप्रकाश र पुष्पासँग कसैले प्रतिस्पर्धा नगर्ने
कांग्रेस सभापतिमा गगनले दिए उम्मेदवारी, विश्वप्रकाश र पुष्पासँग कसैले प्रतिस्पर्धा नगर्ने


काठमाडौं। नेपाली कांग्रेसको सभापतिका लागि गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्। गगनले सभापतिमा दोहोरिन केहीबेरअघि उम्मेदवारी दर्ता गराएका हुन्।

GBIME
Tata

गगन गत पुस मसान्तमा भएको विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएकामा काठमाडौंमा जारी १५औं महाधिवेशनबाट दोहोरिन लागेका हुन्।

उम्मेदवारी दर्ता गराउँदै गगन थापा। तस्वीर : सुशील श्रेष्ठ

सभापतिमा किशोरसिंह राठौर र काठमाडौंका श्यामकृष्ण खड्गीले पनि उम्मेदवारी दर्ता गराएका छन्।

किशोरिसंह राठौर। तस्वीर : सुशील श्रेष्ठ

श्यामकृष्ण खड्गी। तस्वीर : सुशील श्रेष्ठ

वरिष्ठ उपाध्यक्षमा विश्वप्रकाश शर्माको मात्र उम्मेदवारी परेको छ। उपसभापतिको चार सिटमध्ये खुलातर्फको दुई सिटमा ८ जना मैदानमा उत्रिएका छन्।

उम्मेदवारी दर्ता गराउँदै चन्द्र भण्डारी र धनराज गुरुङ। तस्वीर : सुशील श्रेष्ठ

खुलातर्फ डा. मीनेन्द्र रिजाल, सुरेन्द्रराज पाण्डे, चन्द्र भण्डारी, मधु आचार्य, देवराज चालिसे, गोविन्द भट्टराई, दीपक गिरी, धनराज गुरुङ र चन्द्रमोहन यादवले उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ता गराउँदै देवराज चालिसे। तस्वीर : सुशील श्रेष्ठ

महिला उपसभापतिमा पुष्पा भुसालको मात्र उम्मेदवारी परेको छ। यस्तै समावेशी उपसभापतिमा विनोद चौधरी, फरमुल्लाह मन्सुर जीवन परियार सीता गुरुङ र रञ्जित कर्ण भिडन्तमा उत्रिएका छन्।

खुला महामन्त्रीको दुई पदका लागि ८ जना आमनेसामने भएका छन्।

उम्मेदवारी दर्ता गराउँदै गुरुराज घिमिरे। तस्वीर : सुशील श्रेष्ठ

प्रदीप पौडेल र गुरुराज घिमिरेलाई उदयशमसेर राणा, अमरसिंह पुन, नैनसिंह महर, सुनिल शर्मा, शंकर तिवारी र डा. सन्तोष उपाध्यायले चुनौती दिएका छन्। प्रदीप र गुरु दुवैजना विशेष महाधिवेशनबाट महामन्त्री बनेका थिए।

महिलाका लागि आरक्षित महामन्त्रीमा महालक्ष्मी उपाध्याय डीला संग्रौला र रीता खनाल प्रतिस्पर्धामा उत्रिएका छन्। नयाँ नेृत्व चयनका लागि बुधबार मतदानको तालिका छ।

यस्तै ११ सहमहामन्त्रीका लागि ४२ जनाको उम्मेदवारी परेको छ। सहमहामन्त्रीमा खुलातर्फ अमृत अर्याल, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, विमलराज क्षत्री, देवेन्द्रराज कँडेल र डिल्लीराम सुवेदी भिडन्तमा उत्रिएका छन्।

यस्तै खसआर्यतर्फ जगदिशनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेत, आदिबासी जनजातितर्फ बहादुरसिंह लामा र तारामान गुरुङ, मधेशीतर्फ महेन्द्र यादव, अजय चौरसिया, नागिना यादव, किरण यादव, अभिषेकप्रताप साह, राम पल्टन साह, मनिष कुमार मिश्र र मुक्ताकुमारी यादव, दलिततर्फ नरेन्द्र पासवान, प्रकाश रसाइली, लक्ष्मी परियार र मानबहादुर नेपालीको उम्मेदवारी परेको छ।

यस्तै सहमहामन्त्रीमा थारुतर्फ तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरी, अल्पसंख्यक/अपाङ्गतातर्फ नगेन्द्र कुमाल, योगेश गौचन र आङ्गेलु शेर्पा, मुसलमानतर्फ १ फिर्दोस आलम, अब्दुल सत्तार र अहतर कमाल मुसालमान मैदानमा उत्रिएका छन्।

पिछडिएको क्षेत्रतर्फ कर्णबहादुर बुढा, जनकराज गिरी, मिन भाम, नारायणप्रसाद भट्टराई, राजन कुँवर, जीवनबहादुर विष्ट र रामबहादुर विष्ट तथा महिलातर्फ नानु बस्तोला र प्रतिमा गौतम आमनेसामने भएका छन्।