BIZMANDU
www.bizmandu.com

अटो व्यवसायीले दसैंका लागि मगाएका एक हजारभन्दा धेरै गाडी कोरलामा, सडक खुल्ने प्रतीक्षा

२०८३ असोज २०

अटो व्यवसायीले दसैंका लागि मगाएका एक हजारभन्दा धेरै गाडी कोरलामा, सडक खुल्ने प्रतीक्षा
अटो व्यवसायीले दसैंका लागि मगाएका एक हजारभन्दा धेरै गाडी कोरलामा, सडक खुल्ने प्रतीक्षा

काठमाडौं। मुस्ताङसँगको सडक सम्पर्क टुटेपछि एक हजारभन्दा धेरै विद्युतीय गाडी (इभी) कोरला नाकामा रोकिएका छन्।

GBIME
Tata

दसैंका लागि आयात गरिएका गाडी असोज ८-११ गतेको अविरल वर्षाका कारण सडक सम्पर्क टुटेपछि नाकामै रोकिएका हुन्।

व्यवसायीका अनुसार कोरला नाकामा एक हजार भन्दा बढी कार, माइक्रो, भ्यान लगायत गाडी रोकिएका छन्। उनीहरुका अनुसार मुस्ताङ भन्सार कार्यालय वरिपरि २ सय भन्दा बढी गाडी अड्किएका छन्।

ती गाडी काठमाडौं ल्याउन व्यवसायीहरु सडक खुल्ने प्रतीक्षामा छन्। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार मुस्ताङ जाने सडक सञ्चालनमा ल्याउन अझै एक साता लाग्छ।

रसुवा नाका भदौ १० गतेको बाढीले बन्द भएपछि अटो व्यवसायीले कोरला नाकाबाट आयात गरेका थिए।