काठमाडौं। नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन्।
विश्वप्रकाशले वारिसमार्फत उम्मदवारी दर्ता गराएका हुन्। उनका तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।
कांग्रेसले १५औं महाधिवेशनबाट वरिष्ठ उपसभापति पद सृजना गरेको हो। विश्वप्रकाश गत पुस मसान्तमा भएको विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए। उनको बढुवाका लागि वरिष्ठ उपसभापति पद सृजना गरिएको नेताहरुले बताएका छन्।