काठमाडौं। विभिन्न १३ मुलुकका लागि प्रस्तावित राजदूतको असोज २६ देखि २८ गतेसम्म सुनुवाइ हुने भएको छ।
संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकले सुनुवाइको मिति तय गरेको हो। प्रस्तावित राजदूतविरुद्ध समितिमा ७ वटा उजुरफ परेको छ। समितिले सदस्यहरुलाई उजुरी वितरण गरेको छ।
मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले विभिन्न १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको थियो। भारतमा डा. निश्चलनाथ पाण्डे, चीनमा डा. कल्याणराज शर्मा र अमेरिकामा चिरनजंग थापालाई राजदूत बनाउन सिफारिस गरिएको छ।
पूर्वप्रधानसेनापति गौरव शम्शेर जबरा बेलायत, जिग्यान कुमार थापा जापान, सुरेशकुमार कर्ण इजरायल, प्राप्ति शेरचन स्पेन, सरू जोशी जर्मनी, डा. पद्माक्षी राणा ओमान, चूडामणि खरेल मलेसिया, प्रा. डा. सङ्गम श्रेष्ठ दक्षिण कोरिया, डा. मंचल झा श्रीलंका र गिरीबहादुर सुनार साउदी अरेबियाका लागि सिफारिस भएका छन्।
सरकारको सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ।