BIZMANDU
www.bizmandu.com

तातोपानी नाका सञ्चालनबारे सुनिल लम्साल : सरकार तयारी अवस्थामा छ, चीनबाट ग्रिन सिग्नल आएको छैन

२०८३ असोज २०

तातोपानी नाका सञ्चालनबारे सुनिल लम्साल : सरकार तयारी अवस्थामा छ, चीनबाट ग्रिन सिग्नल आएको छैन
तातोपानी नाका सञ्चालनबारे सुनिल लम्साल : सरकार तयारी अवस्थामा छ, चीनबाट ग्रिन सिग्नल आएको छैन


काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनका लागि सरकार तयार रहेको तर चीनबाट ग्रिन सिग्नल नआएको बताएका छन्।

GBIME
Tata

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री लम्सालले नाका सञ्चालनका लागि सरकार चीनको निर्णय कुरेर बसिरहेको बताए।

‘तातोपानी नाका खोल्न हामी तयार छौं। तर, चीनले ग्रिन सिग्नल दिएको छैन,’ उनले भने।

सरकारले तातोपानी नाका खुलाउन चीनसँग यसअघि नै आग्रह गरिसकेको छ। सरकारको आग्रहमा विभिन्न मन्त्रालयका कर्मचारी र चिनियाँ दूतावासका अधिकारीले केही दिनअघि तातोपानी नाकासम्मको सडक अवलोकन गरेका थिए।

चिनियाँ दूतावासका अधिकारीले आफ्नो माथिल्लो निकायमा रिपोर्टिङ गरेर निर्णय दिने बताएकामा अहिलेसम्म कुनै जवाफ आएको छैन। चीनले तातोपानी नाका भदौ १४ देखि अकस्मात बन्द गरेको छ।

रसुवा नाका भदौ १० गतेको बाढीले ध्वस्त भएको र कोरला नाकासँगको सम्पर्क पनि असोज ८-११ गतेको बाढीले मुस्ताङ जोड्ने पुल बगाएका कारण टुटेका कारण दसैंको मुखमा चीनसँगको व्यापार ठप्प छ।