काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले असोज २९ गतेदेखि ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ ऋणपत्र निष्कासन गर्न लागेको हो।
वार्षिक ६ प्रतिशत ब्याजदर भएको ऋणपत्रको आकार ३ अर्ब रुपैयाँ रहेको छ। बैंकले अंकित मूल्य १ हजार रुपैयाँ दरमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको हो।
कुन निष्कासन मध्ये ६० प्रतिशतले हुन आउने १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपुँजी व्यक्तिगत तवरबाट बिक्री गरिने बिक्री प्रबन्धकले जनाएको छ।
यस्तै, ४० प्रतिशतले हुन आउने १ अर्ब २० करोडको १२ लाख कित्ता सर्वसाधारणलाई निष्कासन गरिनेछ। ऋणपत्रको परिपक्व अवधि ७ वर्ष रहेको छ। ऋणपत्रको बिक्री प्रबन्धक कुमारी क्यापिटल छ।