काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिका-८ जगातीस्थित कँपलिचोकमा संचालित प्लास्टिक दाना बनाउने कारखानामा आगलागी भएको छ। नवराज भट्टले संचालन गरेको विके सप्लायर्समा सोमबार बिहान आगलागी भएको हो।
आगलागी भएपछि जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल र स्थानीयको सहायताबाट करिब २ घण्टामा आगो नियन्त्रणमा लिएको छ। जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेलले आगलागीबाट ठूलो क्षति भएको जानकारी दिए।
उनका अनुसार आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ पूर्णरूपमा क्षति भएको छ भने कारखानासँगै रहेको दिनेश मचामसीको घरमा पनि क्षति पुगेको छ।
आगलागीबाट करिब ४० लाखभन्दा बढी क्षति भएको प्रहरीले जानकारी दिएको छ। आगलागीको कारण खुलेको छैन भने घटनास्थलमा प्रहरीले मुचुल्का उठाउने कार्य गरिहरको छ।
आगलागी भएलगत्तै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगलागी भएको उद्योगको निरीक्षण गरेका थिए।