BIZMANDU
www.bizmandu.com

महामन्त्रीमा एक सिट महिलाका लागि आरक्षित भएपछि डिला संग्रौलाले घोषणा गरिन् उम्मेदवारी

२०८३ असोज १९

महामन्त्रीमा एक सिट महिलाका लागि आरक्षित भएपछि डिला संग्रौलाले घोषणा गरिन् उम्मेदवारी
महामन्त्रीमा एक सिट महिलाका लागि आरक्षित भएपछि डिला संग्रौलाले घोषणा गरिन् उम्मेदवारी

काठमाडौं। नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले महामामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी छन्।

GBIME
Tata

केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीमा एक सिट महिलाका लागि आरक्षित गर्ने निर्णय गरेलगत्तै डिलाले पत्रकार सम्मेलन गरेर महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी हुन्।

केन्द्रीय समितिको बैठकले केहीबेरअघि महामन्त्रीको संख्या ३ पुर्‍याउने र त्यसमा एक पद महिलाका लागि आरक्षित गर्ने निर्णय गरेको थियो। डिला गत पुस मसान्तमा भएमको विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेकी थिइन्।