काठमाडौं। नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाएको छ। कांग्रेसले उपसभापति र महामन्त्रीको संख्या एक/एक तथा सहमहामन्त्री ७ जना बढाएको हो। यस्तै वरिष्ठ उपसभापतिको पनि व्यवस्था गरिएको छ।
उपसभापति र महामन्त्रीमा एक एक सिट महिलाका लागि आरक्षित गरिएको छ।
महामन्त्री प्रदीप पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउन गरेको प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको छ। अब कांग्रेसमा ११ जना सहमहामन्त्री चयन हुनेछन्।

एक महिलासहित ४ सहमहामन्त्री सभापतिले मनोनीत गर्नेछन्। यस्तै सभापतिले ६१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था गरिएको छ। कांग्रसमा हाल उपसभापति र महामन्त्री २/२ तथा सहमहामन्त्री ८ जना छन्। वरिष्ठ उपसभापतिको व्यवस्था थिएन।
केन्द्रीय कार्यसमितिबाट पारित प्रस्ताव अब महाधिवेशनको बन्दसत्रमा पेस गरिनेछ। १५औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी दर्ताको तालिका छ।