काठमाडौं। सुनको मूल्य दुई दिनयता लगातार घटेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ४ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रति तोला २ लाख ९१ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।
आइतबार सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेर प्रति तोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य सोमबार तोलामा ४० रुपैयाँ बढेको छ। महासंघका अनुसार चाँदी तोलाको ४ हजार ४३० रुपैयाँ पुगेको छ।
आइतबार चाँदी प्रति तोला ४ हजार ३९० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सोमबार प्रति औंस ४१३४.८८ डलर छ। चाँदी प्रति औंस ६०.८९ डलर छ।