BIZMANDU
www.bizmandu.com

राष्ट्रिय गौरवको आयोजनाकै ‘बेइज्जत’, विराटनगर क्रिकेट रंगशालाको भौतिक प्रगति ०.१%

२०८३ असोज १८

राष्ट्रिय गौरवको आयोजनाकै ‘बेइज्जत’, विराटनगर क्रिकेट रंगशालाको भौतिक प्रगति ०.१%
राष्ट्रिय गौरवको आयोजनाकै ‘बेइज्जत’, विराटनगर क्रिकेट रंगशालाको भौतिक प्रगति ०.१%


काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवकै दुई आयोजनाको प्रगति लाजमर्दो देखिएको छ।

Vigo
GBIME
Tata

मन्त्रालयले नै तयार पारेको वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष काठमाडौंको मुलपानी क्रिकेट एकेडेमी र विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको भौतिक प्रगति लाजमर्दो देखिएको हो।

आर्थिक वर्ष २०८/८१ मा सुरु भएको मुलपानी क्रिकेट एकेडेमी आगामी आर्थिक वर्ष सम्पन्न गर्ने भनिएकामा जम्मा ७ प्रतिशत भौतिक प्रगति भएको छ। ७ अर्ब ५० करोड लागत अनुमान गरिएको आयोजनामा अहिलेसम्म जम्मा ३७ करोड २२ लाख रुपैयाँ खर्च भएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ।

बहुवर्षीय ठेक्काका लागि स्वीकृति प्राप्त नहुनुलाई काम सुस्त हुनुको कारण देखाइएको छ।

‘अर्थ मन्त्रालयबाट आव २०८२/८३ को बजेट रोक्का तथा बहुवर्षीय ठेक्का आह्वान स्वीकृति प्राप्ति नभएकाले आव २०८२/८३ मा विनियोजित २० करोड बजेटको ठेक्का आह्वान हुन नसकेको,’ प्रतिवेदनमा लेखिएको छ, ‘स्रोत सुनिश्चिततासहित बहुवर्षीय ठेक्का आह्वानपश्चात् ३ वर्षभित्र सम्पन्न हुने। पर्याप्त बजेट विनियोजन भएपश्चात् निर्धारण गर्न सकिनेछ।’

यो भन्दा खराब स्थिति विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको छ। करिब ३ अर्ब ६५ करोड लागत अनुमानको यो आयोजनाको भौतिक प्रगति ०.१ प्रतिशत मात्र छ।

यो रंगशालाका लागि २०८२/८३ मा १६ करोड बजेट छुट्याइएकामा जम्मा २१ लाख रुपैयाँ खर्च भएको छ। ठेक्का प्रकृयासमेत पूरा हुन नसक्दा २१ लाख रुपैयाँ खर्च भएको देखिन्छ।

‘आव २०८२/८३ को बजेट रोक्का तथा बहुवर्षीय ठेक्का आह्वान स्वीकृति प्राप्ति नभएकाले आव २०८२/८३ मा विनियोजित १६ करोड बजेटको ठेक्का आह्वान हुन नसकेको,’ प्रतिवेदनमा भनिएको छ, ‘स्रोत सुनिश्चिततासहित बहुवर्षीय ठेक्का आह्वानपश्चात् २.५ वर्षभित्र सम्पन्न हुने। पर्याप्त बजेट विनियोजन भएपश्चात् निर्धारण गर्न सकिनेछ।’