काठमाडौं। मनकामना केबलकार सेवा एक दिन बन्द हुने भएको छ। टावर मर्मतका लागि असोज २० गते मंगलबार केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ।
उक्त दिन यात्रुका लागि केबलकार सञ्चालन नहुने मनकामना केबलकारले जनाएको छ।
कम्पनीका अनुसार मर्मत कार्य सकिएपछि सेवा असोज २१ गते बुधबारदेखि नियमित रूपमा संचालनमा आउनेछ। मर्मतपछि यात्रुले साविककै रूपमा केबलकार सेवा प्रयोग गर्न सक्नेछन्।
सेवा सुरक्षित र व्यवस्थित बनाउन नियमित मर्मत तथा सम्भार आवश्यक रहेको कम्पनीले जनाएको छ।