BIZMANDU
www.bizmandu.com

कोरला नाका बाह्रै महिना पूर्ण क्षमतामा सञ्चालन गर्ने चीनको योजना, राजदूतले के भने?

२०८३ असोज १८

कोरला नाका बाह्रै महिना पूर्ण क्षमतामा सञ्चालन गर्ने चीनको योजना, राजदूतले के भने?
कोरला नाका बाह्रै महिना पूर्ण क्षमतामा सञ्चालन गर्ने चीनको योजना, राजदूतले के भने?


काठमाडौं। चीनले कोरला नाका बाह्रै महिना पूर्ण क्षमतामा सञ्चालन गर्न चाहेको बताएको छ।

Vigo
GBIME
Tata

चिनियाँ राजदूत झाङ माओमिङले आइतबार कोरला नाका हुँदै लोमान्थाङ पुगेर नेपाली त्यहाँका जनप्रतिनिधिसामु नाका पूर्ण क्षमतामा चलाउनका लागि नेपालले पूर्वाधार थप गर्नुपर्ने बताएका छन्।

लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङकाले राजदूतले नाका पूर्ण क्षमतामा चलाउनका लागि नेपालले पूर्वाधारमा लगानी बढाउनुपर्ने बताएको जानकारी दिए।

‘एम्बेस्डरज्यूले कोरला नाका चीनका लागि उपयुक्त भएकाले बाह्रै महिना पूर्ण क्षमतामा चलाउने योजना सुनाउनुभएको छ। यसका लागि उहाँले नेपालले पूर्वाधारमा लगानी गर्नुपर्ने बताउनुभयो। उहाँले बाटो र क्वारेन्टाइन व्यवस्थिति बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो,‘ गाउँपालिका अध्यक्ष गुरुङले भने।

उनका अनुसार राजदूत माओमिङले नाका पूर्ण क्षमतामा सञ्चालनका लागि चीनले आफ्नो तर्फबाट पनि काम गर्ने बताएका छन्।

‘अबदेखि यही स्थानबाट मान्छे आउजाउ गर्न दिने राजदूतको कुरा छ,’ गुरुङले भने।

रसुवा नाका भदौ १० गतेको बाढीले बन्द भएकामा चीनले भदौ १४ देखि तातोपानी नाका बन्द गरेको छ। असोज ८-११ को वर्षाका कारण मुस्ताङसँगको सडक सम्पर्क टुटेका कारण कोरला नाका पनि बन्द छ।