BIZMANDU
www.bizmandu.com

तान्जानिया जान लागेका सभामुख डीपीको टोलीमा पत्नी र निजी सचिव, अरु को-को?

२०८३ असोज १८

तान्जानिया जान लागेका सभामुख डीपीको टोलीमा पत्नी र निजी सचिव, अरु को-को?
तान्जानिया जान लागेका सभामुख डीपीको टोलीमा पत्नी र निजी सचिव, अरु को-को?


काठमाडौं। सभामुख डीपी अर्याल अन्तर व्यवस्थापिका संघको १५३औं महासभामा सहभागी हुन आइतबार तान्जानिया जान लागेका छन्।

Vigo
GBIME
Tata

असोज १९ देखि २३ गतेसम्म सञ्चालन हुने कार्यक्रममा भाग लिन सभामुख अर्याल ८ सदस्यीय टोलीको नेतृत्व गर्दै कतार एयरवेजको जहाजमार्फत आइतबार राति दोहा हुँदै तान्जानिया जान लागेका हुन्।

संघीय निजामती लगायत महत्वपूर्ण विधेयक संसद्‍मा दर्ता भएको अवस्थामा डीपीले यही कार्यक्रममा जानका लागि संसद् अधिवेशन १६ गते अन्त्य गर्न लगाएका थिए। अधिवेशन अन्त्य गरिएकामा कारण निजामती विधेयक अब अर्को अधिवेशन सुरु नभएसम्म संसद्‍मै थन्किनेछ।

८ सदस्यीय टोलीमा सभामुखले पत्नी अम्बिका केसी र निजी सचिव मधु मिजारलाई पनि समावेश गरेका छन्।

सभामुखसँग प्रतिनिधि सभाका सांसद रविन महतो, राष्ट्रिय सभाका सांसद झक्कुप्रसाद सुवेदी र अञ्जान शाक्य, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी र संघीय संसद् सचिवालयकी सहसचिव रेखा उपाध्याय खनाल पनि जान लागेका छन्।

संघीय संसद्‍ सचिवालयका अनुसार डीपीको टोली असोज २७ गते मात्र स्वदेश फर्किने तालिका छ।