BIZMANDU
www.bizmandu.com

महालक्ष्मी विकास बैंकले ल्यायो ‘महा सोमबार’ योजना, दराजबाट सामान किन्दा १००० रुपैयाँसम्म छुट

२०८३ असोज १८

महालक्ष्मी विकास बैंकले ल्यायो ‘महा सोमबार’ योजना, दराजबाट सामान किन्दा १००० रुपैयाँसम्म छुट
महालक्ष्मी विकास बैंकले ल्यायो ‘महा सोमबार’ योजना, दराजबाट सामान किन्दा १००० रुपैयाँसम्म छुट


काठमाडौं। महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन गर्ने भएको छ। डिजिटल कारोबार प्रवर्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ कारोबारलाई बढावा दिन उक्त योजना ल्याउन लागिएको बैंकले जनाएको छ।

Vigo
GBIME
Tata

बैंकका अनुसार यस योजनाअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले हरेक सोमबार दराजमार्फत अनलाईन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका डेबिट कार्ड लिएका ग्राहकले दराज नेपालमार्फत न्यूनतम १९९९ रुपैयाँ बराबरको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकत्तम ७५० रुपैयाँ छुट प्राप्त गर्नेछन्। क्रेडिट कार्ड लिएका ग्राहकले न्यूनत्तम १९९९ रुपैयाँ बराबरको सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकत्तम १००० रुपैयाँ छुट प्राप्त गर्नेछन्।

यो योजना हरेक सोमबार मात्र लागू हुने बैंकले जानकारी दिएको छ। सीमित संख्यामा तथा पहिले आउनेलाई प्राथमिकताका आधारमा छुट उपलब्ध हुने भएकाले ग्राहकले हरेक सोमबार समयमै यस योजनाको लाभ लिन सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ।

यस प्रकारका योजनामार्फत बैंकले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानी तथा कार्डमार्फत हुने कारोबारमा थप प्रोत्साहित गर्दै आधुनिक बैकिङ सेवाको प्रयोग विस्तार गर्नुका साथै ग्राहकलाई दैनिक कारोबारमा थप सुविधा, बचत तथा मूल्य अभिवृद्धि प्रदान गर्न सहयोग पुग्ने जनाएको छ।