BIZMANDU
www.bizmandu.com

दूरसञ्चार विज्ञ आनन्दराज खनालले पाए आईटीयूको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखको जिम्मेवारी

२०८३ असोज १८

दूरसञ्चार विज्ञ आनन्दराज खनालले पाए आईटीयूको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखको जिम्मेवारी
दूरसञ्चार विज्ञ आनन्दराज खनालले पाए आईटीयूको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखको जिम्मेवारी


काठमाडौं। नेपाली दूरसञ्चार विज्ञ आनन्दराज खनालले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)को नयाँदिल्लीस्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखको जिम्मेवारी पाएका छन्।

Vigo
GBIME
Tata

आईटीयूको दूरसञ्चार विकास ब्युरोले खनाललाई दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुख नियुक्त गरेको हो। उनले अक्टोबर १ अर्थात असोज १५ देखि आफ्नो जिम्मेवारी सम्हालिसकेका छन्।

खनालसँग दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधि, डिजिटल रूपान्तरण, सार्वजनिक नीति, नियमन, साइबर सुरक्षा, डिजिटल पूर्वाधार तथा नवप्रवर्तनका क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव छ।

उनले नेपाल दूरसञ्चार प्राधिकरणमा १५ वर्षभन्दा बढी समय वरिष्ठ नेतृत्व तहमा रहेर काम गरेका थिए। उनी प्राधिकरणमा वरिष्ठ निर्देशक पदबाट अवकाश पाएका थिए।

खनालले अब विभिन्न ८ देशलाई हेर्ने कार्यालयको नेतृत्व पाएका हुन्।

भारत सरकारको सहकार्यमा स्थापना भई सन् २०२३ मार्चमा औपचारिक रूपमा उद्‍घाटन भएको कार्यालयको कार्यक्षेत्रमा भारत, नेपाल, अफगानिस्तान, बंगलादेश, भुटान, इरान, माल्दिभ्स र श्रीलंका छन्।

कार्यालयले दक्षिण एसियामा डिजिटल रूपान्तरण, उन्नत प्रविधि, दूरसञ्चार पूर्वाधार, क्षमता विकास, नवप्रवर्तन र साझेदारी प्रवर्धन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

आईटीयूको प्राविधिक सहयोगमा सम्पन्न राष्ट्रिय साइबर सुरक्षा सचेतना मूल्यांकन, राष्ट्रिय साइबर सुरक्षा नीति र साइबर अपराधसम्बन्धी विधेयक तर्जुमा, वायरलेस ब्रोडब्यान्ड मास्टर प्लान तथा अपाङ्गता भएका व्यक्तिका लागि आईसीटी पहुँच अभिवृद्धिसम्बन्धी पहलमा उनको महत्वपूर्ण संलग्नता थियो।