BIZMANDU
www.bizmandu.com

चन्द्रागिरिको एउटा किरानामा नक्कली लेबल र म्याद गुज्रिएका खाद्य सामाग्री, दुई जना पक्राउ

२०८३ असोज १७

चन्द्रागिरिको एउटा किरानामा नक्कली लेबल र म्याद गुज्रिएका खाद्य सामाग्री, दुई जना पक्राउ
चन्द्रागिरिको एउटा किरानामा नक्कली लेबल र म्याद गुज्रिएका खाद्य सामाग्री, दुई जना पक्राउ


काठमाडौं। नक्कली स्टिकर र ब्राण्ड बनाइ म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य सामग्री बिक्री-वितरण गरिरहेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ।

Vigo
GBIME
Tata

पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरि-१५ तीनथाना बस्ने बाराको प्रसौनी-१ का ४० वर्षीय विजेन्द्र साह र पर्सा विन्दवासिनी-२ बहुअर्वा भाठाका ४९ वर्षीय अखिलेशप्रसाद कलवार छन्।

जिल्ला प्रहरी परिसर काठमाडौं र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले चन्द्रागिरि-१५ तिनथानास्थित सिद्धि विनायक खाद्य स्टोरमा स्थलगत अनुगमन गर्दा मापदण्ड विपरीत म्याद गुज्रिएका खाद्यान्नमा नयाँ मिति र लेबलिङ गरी बिक्री-वितरण गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

मिति प्रिन्ट गर्ने र बोरा सिलाउने मेसिनका साथै नक्कली ब्राण्डिङका लागि प्रयोग गरिने विभिन्न लेबलिङ स्टिकरहरू टोलीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी उक्त स्टोरबाट म्याद गुज्रिएका खाद्यान्नतर्फ एक बाल्टी काजु, एक-एक कार्टुन पिस्ता र बदाम, ४ बोरा कालो भटमास, २ बोरा मकै र एक बोरा हरियो केराउ बरामद गरिएको छ। यसका अलावा लेबलिङ तथा छाप्ने काममा प्रयोग गरिएका ल्यापटप र प्रिन्टर समेत बरामद भएको प्रहरीले उल्लेख गरेको छ।