BIZMANDU
www.bizmandu.com

काठमाडौंका विभिन्न स्थानमा शनिबार र आइतबार ७ घण्टासम्म विद्युत् सेवा अवरुद्ध हुने

२०८३ असोज १७

काठमाडौंका विभिन्न स्थानमा शनिबार र आइतबार ७ घण्टासम्म विद्युत् सेवा अवरुद्ध हुने
काठमाडौंका विभिन्न स्थानमा शनिबार र आइतबार ७ घण्टासम्म विद्युत् सेवा अवरुद्ध हुने


काठमाडौं। बिजुली वितरण प्रणाली सुदृढीकरण, रोकथाम मर्मत, भूमिगत केबल चार्जिङ तथा क-१ (स्विचिङ स्टेसन) अन्तर्गतका केही फिडरहरूबाट सुन्धारा स्विचिङ स्टेसनमा लोड सिफ्ट गर्ने कार्य भइरहेकाले काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

Vigo
GBIME
Tata

नेपाल विद्युत् प्राधिकरण, रत्नपार्क वितरण केन्द्र तथा काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले सूचना जारी गर्दै शनिबार र आइतबार विभिन्न फिडर अन्तर्गतका क्षेत्रमा लाइन काटिने जनाएका हुन्।

शनिबार कमलादी फिडर अन्तर्गतका जामे मस्जिद, घण्टाघर, स्काइ टावर, गणेश मन्दिर, हेरिटेज प्लाजा एरिया, होटेल याक एन्ड यती एरिया, प्रज्ञा भवन तथा आसपासका क्षेत्रहरूमा बिहान ८ देखि दिउँसो ११ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।

त्रिपुरेश्वर फिडर (सुन्धारा) अन्तर्गतका धरहरा, नेपाल टेलिकम एरिया, बागदरबार, केन्द्रीय कारागार, रंगशाला, त्रिपुरेश्वर चोक र वरपरका क्षेत्रमा बिहान १० देखि साँझ ५ बजेसम्म लाइन काटिनेछ। यस्तै बबरमहल फिडर (के२) अन्तर्गत रानीपोखरी प्रहरी प्रभाग, आर्मी हेडक्वार्टर, भृकुटीमण्डप, नेपाल टेलिकम, भन्सार कार्यालय, पशु हस्पिटल तथा आसपासका क्षेत्रमा पनि शनिबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म लाइन बन्द रहनेछ।

यसैगरी आइतबार बबरमहल फिडर (के२) अन्तर्गतका रानीपोखरी प्रहरी प्रभाग, आर्मी हेडक्वार्टर, भृकुटीमण्डप, नेपाल टेलिकम, भन्सार कार्यालय, पशु हस्पिटल तथा आसपासका क्षेत्रमा बिहान १० देखि साँझ ५ बजेसम्म लाइन जानेछ।

आइतबार नै त्रिपुरेश्वर फिडर (टेकु) अन्तर्गतका टेकु सबस्टेसन, टेकु चोक हुँदै त्रिपुरेश्वर चोकसम्म तथा आसपासका क्षेत्रहरूमा पनि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।

त्यस्तै थापाथली फिडर (थापाथली) अन्तर्गतका नर्भिक हस्पिटल, प्रसूति गृह, प्रसूति गृह मार्ग, मार्टिन चौतारी क्षेत्र, कुरिया गाउँ, बबरमहल कर कार्यालय तथा वरपरका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म विद्युत् सेवा बन्द रहने प्राधिकरणले जनाएको छ।

तोकिएको काम निर्धारित समय अगावै पुरा भएमा विद्युत् आपूर्ति छिटै नियमित हुन सक्ने पनि जारी सूचनामा छ।